काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबिच भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्लीमा रहनु भएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबिच बुधबार भेटवार्ता भएको हो ।
विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबिचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबिच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।


प्रतिक्रिया