झापा । नेपाल पुलिस क्लब झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा एफसीलाई २–० गोलले हरायो । पुलिसका मीना देउवा र रेखा पौडेलले गोल गरे । पुलिसले चर्च ब्वाइज युनाइटेड र सङ्कटाले घरेलु टोली झापा एफसीलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए ।
अब पुलिसले उपाधिका लागि भोलि हुने एपीएफ र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । एपीएफले सिङलिङ एससी सिक्कम र आर्मीले आरएस पोखरा एफसीलाई हराउँदै सेमिफाइलनमा पुगेका हुन् ।
फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


प्रतिक्रिया