एमालेले बोलायो विघटित संसदीय दलको बैठक

एमालेले बोलायो विघटित संसदीय दलको बैठक



काठमाडौं । नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभाका निवर्तमान सांसदहरूको बैठक बोलाएको छ । आगामी मंसिर २ गते पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटन भए पनि महेश बर्तौलाले प्रमुख सचेतकको हैसियतमा सूचना जारी गरेका हुन् ।

“मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न मिति २०८२ मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले संसदीय दलको बैठक आयोजना गरिएको जानकारी गराउन चाहन्छु,” बर्तौलाले जारी गरेको सूचनामा भनिएको छ ।

एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ ।