गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता

गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता



काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका सचिव माहादेव पन्थले दल दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गरेका हुन् ।

पार्टीमा बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरु संलग्न छन् । नागरिकहरु मिलेर देश बनाउने उद्देश्यका साथ दल दर्ता गरिएको पार्टीका अध्यक्ष प्रसार्ईंले बताए ।

उनले आफ्नो पार्टीले देशमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेण्डा बनाएको पनि बताए ।