राष्ट्रिय एआई केन्द्र स्थापना

राष्ट्रिय एआई केन्द्र स्थापना



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठुलो फड्को मारेको बताएका छन् । मन्त्री खरेलले राष्ट्रिय एआई केन्द्रको सोमबार उद्घाटनका क्रममा उक्त कुरा बताएका हुन् ।

मन्त्री खरेलले एआई केन्द्रको स्थापनासँगै नेपाल डिजिटल नेपालको बाटोमा अघि बढेको सन्देश गएको प्रस्ट पारे ।

उनले भने, “एआई केन्द्रको यो सुरुवात हो, यसलाई निरन्तर रूपमा अगाडि बढाउँछौँ । एआई नीति आइसकेको छ । एआई काउन्सिल पनि गठन भइसकेको छ । आजकै दिनदेखि एआई केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्ने छ ।”

उनले जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्तनको सन्देशमा एआईले जोड्ने विश्वास व्यक्त गरे । डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उद्देश्य केन्द्रको रहेको छ ।