महिला क्रिकेट टोली भारत प्रस्थान

महिला क्रिकेट टोली भारत प्रस्थान



काठमाडौं । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एसोसिएसनको आयोजनामा यही कात्तिक २७ देखि मंसिर ३ गतेसम्म भारतको देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न उक्त टोली भारत प्रस्थान गरेको हो ।

महिला टोलीलाई जिल्ला क्रिकेट संघ कञ्चनपुरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको हो । देहरादुनमा हुने सो प्रतियोगितामा नेपालले भारतको राजस्थान, पश्चिमबंगाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष एवं क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

नेपालले पहिलो खेल कात्तिक २७ गते राजस्थानविरुद्ध खेल्नेछ । यस्तै, कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबंगालसँग, आगामी मंसिर १ गते राजस्थानसँग, मंसिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मंसिर ३ गते पश्चिम बंगालविरुद्ध खेल्ने छ ।