विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ ।

पार्टी महासचिव विप्लव सीका नाममा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’

२०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो ।