पार्टी एकताप्रति माओवादी केन्द्र रामप्रसादराई गाउँ पार्टी कमिटी भोजपुरको असहमति

पार्टी एकताप्रति माओवादी केन्द्र रामप्रसादराई गाउँ पार्टी कमिटी भोजपुरको असहमति



काठमाडौं । नेकपा (माओवादी केन्द्र) रामप्रसादराई गाउँ पार्टी कमिटी भोजपुरले नेकपा एकीकृत समाजवादी पार्टीलगायत पार्टीहरूसँग भएको एकताप्रति असहमति जनाएको छ ।

कमिटीले मंगलबार विज्ञप्ति जारी गरेर सो एकतालाई हठात् र जनताको भावनाविपरीत भनेको छ ।

‘जनता र कार्यकर्ताको भावनाविपरीत हठात् पार्टी एकताको नाममा आफ्नो विचार, इतिहास र पहिचान गुमाउने गरी साथै पार्टीको छवीमाथि नै त्तर दिनु नसक्ने गरी प्रश्न उठेको छ । यो प्रकारले गरिएको एकताप्रति हाम्रो गाउँपार्टीको गम्भीर असहमति रहेको स्पष्ट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अध्यक्ष शुरेसचन्द राई, अमर राई, सचिव सोमकुमार राई, सह-सचिव विनोद मगर र कोषाध्यक्ष रमेश सुनारले हस्ताक्षर गरेका छन् ।