काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) को प्रवास संगठनमा रहेका १० जना नेताहरूले नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँगको सबै संगठनात्मक सम्बन्ध तोडेको घोषणा गरेका छन् ।
उनीहरूले संयुक्तरूपमा एक विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्व व्यक्तिवादी, सत्ताकेन्द्रित भएको आरोप लगाउँदै उनीहरूले सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।
भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त र एसिया प्रवास संगठन इन्चार्ज ओम शर्मासहित १० नेताले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ–”एकताको नाममा वृद्धाश्रम खोलिएको छ । भ्रष्टाचारको मुद्दा खेपिरहेका अभियुक्तहरूलाई सारथि बनाएर जग हँसाउने काम भइरहेको छ ।”


प्रतिक्रिया