म विशेष अधिवेशनको पक्षमा छु : किशोरसिंह राठौर

म विशेष अधिवेशनको पक्षमा छु : किशोरसिंह राठौर



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चुनावअघि महाधिवेशनमा गर्ने भए विशेष महाधिवेशन ‘फेस’ गरेर जानुपर्ने बताएका छन् । तर पार्टीलाई एकढिक्का बनाउने हो भने चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने उनले बताए ।

‘विशेष महाधिवेशनमा जाऔं, म विशेष अधिवेशनको पक्षमा छु, हेप्ने हामीलाई अपराधिजस्तो, ए चुनाव जितेर आएको हो भन्या,’ आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘केन्द्रीय समितिमा भएकाजति अपराधिजस्तो । बाहिर हरूवाहरूले त चलाएका छन्, केन्द्रीय समितिमा भएका मानिसलाई पनि विशेष अधिवेशन चाहिएको छ । चाहिएको छ भने विशेष अधिवेशनमा जाऔं, कसरी गर्ने फेस गरौं । होइन, देश र पार्टीलाई संकट परेका बेला निर्वाचनमा एकढिक्का भएर जाने हो भने चुनावपछि महाधिवेशनमा जाऔं ।’

सभापति शेरबहादुर देउवानिकटका उनले पार्टीभित्रको आन्तरिक निर्वाचनले चुनावमा असर पर्ने गरेको पनि बताए । लोकतान्त्रिक पार्टी भने पनि कांग्रेसभित्र लोकतान्त्रिक संस्कार नभएको उनको भनाइ थियो ।