काठमाडौं । भारतको बिहार विधानसभा चुनावको प्रारम्भिक मतगणना चलिरहँदा एनडीए गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर देखिएको छ ।
दिउँसो २ बजेर ५४ मिनेटसम्मको नतिजा अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडीए गठबन्धनले २ सय ४ सिटमा अग्रता लिइरहेको छ । यस्तै राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस नेतृत्वको महागठबन्धनले ३३ सिटमा अग्रता लिएको छ । यसैगरी ६ सिटमा अन्य दलले अग्रता लिइरहेका छन् ।
२ सय ४३ सदस्यीय बिहार विधानसभामा बहुमतका लागि १ सय २२ सिट आवश्यक पर्छ । बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो ।
बिहारमा यस पटक कीर्तिमानी ६७ दशमलव १३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।


प्रतिक्रिया