आज देशभर अधिकांश जिल्ला सदरमुकाम र ठूला सहरमा एमालेकाे जनसभा

आज देशभर अधिकांश जिल्ला सदरमुकाम र ठूला सहरमा एमालेकाे जनसभा



काठमाडौं । नेकपा एमालेले आज देशभर जनसभा गर्दै छ । जेनजी आन्दोलन र गैरदलीय सरकार गठनलाई ‘प्रतिगामी षड्यन्त्र’भन्दै आएको एमालेले त्यसविरुद्ध जनपरिचालन कार्यक्रम गर्दै आएको हाे । यही कार्यक्रमअन्तर्गत आज अधिकांश जिल्ला सदरमुकाम र ठूला सहरमा जनसभाको आयोजना गरिएको एमालेले बताएको छ ।

जनसभामा ठूलो जनसहभागिता जुटाउन केन्द्रीय सदस्यह जिल्लाजिल्लामा खटिएकाे एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट एमाले देशैभरी अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउने उनले बताए ।

गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभरी वडा भेला भएको थियो । २५ गते अधिकांस पालिकाहरूमा जनप्रदर्शन तथा र्‍याली भएका थिए ।

तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लामा जनसभा हुँदै छ । जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।