जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी बन्ने

जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी बन्ने



काठमाडाैं । जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा नयाँ पार्टी बन्ने भएको छ । कार्कीको नेतृत्वमा नवनिर्माण पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

तर, नवनिर्माण पार्टीले दल दर्ताको प्रमाणपत्र भने पाइसकेको छैन । कार्की नेतृत्वको पार्टीले कात्तिक २७ गते आयोगमा निवेदन दिएको आयोगले जनाएको छ ।

आन्दोलनका घाइतेलाई अस्पताल पुर्‍याएर चर्चामा आएकी कार्कीकाे पार्टीको चिन्ह ‘माटोको चुलो’ राखेको जनाईएको छ । निवेदनमा अध्यक्षका रुपमा कार्की स्यंम रहेकी छिन् ।

कार्कीले २३ गतेको आन्दोलनमा बानेश्वरमा प्रहरीको गोली लागी घाइते भएका एक युवकलाई मोटरसाइकलमा राखेर अस्पताल पुर्याएकी थिइन् । त्यसपछि पनि उनी घाइतेको उपचारमा सक्रिय थिइन् ।