दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । “सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरेर गएराति नै प्रसाईंलाई काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।