बारा । नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालले आज बारामा आयोजना गर्न लागेको सभा स्थगित गरिएको छ । स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै कर्फ्यु आदेश जारी गरेपछि सभा स्थगित गरिएको हाे ।
सिमरा विमानस्थलमा महासचिव शंकर पोखरेलसहितका एमाले नेताहरू लिन बिहान विमानस्थल पुगेका नेताहरू केहीबेर बाहिर निस्कन सकेका थिएनन् । केही व्यक्ति आएर एमाले पार्टी र नेताहरूविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरु विमानस्थलमै प्रवेश गर्न खोजेपछि सामान्य झडप समेत भएको थियाे ।


प्रतिक्रिया