काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घेरिसकेको बताएका छन् ।
एमाले स्थानीय विभागले बुधबार गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘एमाले देशका लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन । एकताका नाममा नचाहिने काम गर्ने अहंकारले भरिएका मानिसहरू थुपारेर अब देख्छन् प्रचण्डले, एक ढंगले भन्ने हो भने म एकदम खुसी छु । दोस्रो, तेस्रो, चौथो र छैटौं नम्बर मेरै साथी । अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन् । मेरा साथीले त प्रचण्डलाई घेरिसके ।’
अध्यक्ष ओलीले आफ्ना साथीहरूले माओवादी पार्टी नै विघटन गराइसकेको बताए । ‘मेरा साथीहरूले काम गरेका छन् माओवादी पार्टी सिध्याइदिए । अब विप्लवजीहरूले माओवादी बनाउनुभएको छ । अब माओवादी भनेको विप्लवजीको पार्टी भयो प्रचण्डजीहरू माओवादी होइन, हाम्रो साथीहरूले गरेकै छन् अझै गर्छन्,’ ओलीले भने ।


प्रतिक्रिया