च्यासलमा एमालेको सचिवालय बैठक बस्दै

च्यासलमा एमालेको सचिवालय बैठक बस्दै

महाधिवेशनका विषयमा छलफल हुने



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारी बैठकको मुख्य ऐजेन्डा रहेको छ ।

बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ ।