सिमरामा जेनजी समूहले गरे आज पनि प्रदर्शन

सिमरामा जेनजी समूहले गरे आज पनि प्रदर्शन



बारा । नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा आज पनि अशान्त छ ।

बिहीबार बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । प्रहरी/प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।

हिजो एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए ।

जेन–जी युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैया खण्डमा यातायात अवरूद्ध छ । सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् ।

उनीहरूले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आफूमाथि आक्रमण गर्ने एमाले नेताहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।