स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले भनेका थिए– यु आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । ‘हामीले यसमा आचारसंहिता विपरीत भयो कि भएन ? तपाईँले यस्तो भन्नुभएको हो कि होइन ?,’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘हामीले तीन दिन भित्र स्पष्टीकरण दिनू भनेर पत्र काटिसकेका छौँ ।’