कांग्रेसले दियो चुनावका लागि दल दर्ताको निवेदन

कांग्रेसले दियो चुनावका लागि दल दर्ताको निवेदन



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका हुन् ।

माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आज अन्तिम दिन हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ ।