अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीबीच चुनाव मोर्चा गठन

अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीबीच चुनाव मोर्चा गठन



काठमाडौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिह्नमा सहमति भएको छ ।

तीन पार्टीबीच आइतबार सहमति भएको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाँतो (चकिया) चिह्नमा चुनाव लड्ने गरी तीन दलबीच सहमति जुटेको हो ।

‘आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौँ। । एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौँ,’ सहमतिपत्रमा भनिएको छ ।