जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा



काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरो लगाएको छ ।

प्रवक्ता शाहले जारी गरेको विज्ञप्तिमा यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणविना सम्भव नहुने’ भन्दै राजीनामा माग गरिएको छ ।