काठमाडौं । जेनजी मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै मंगलबार सिंहदरबारको गेटमा पुगेको उक्त समूहलाई प्रहरीले प्रवेश नदिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको बताए । सिंहदरबार प्रवेश गर्नका लागि प्रवेश पास लिनुपर्ने उनले बताए ।
उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो ।
सोमबार पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर प्रहरीले गेटैमा राेकेकाे थियाे ।


प्रतिक्रिया