घनश्याम भूसाल र नेकपा संयुक्तबीच एकता घोषणा

घनश्याम भूसाल र नेकपा संयुक्तबीच एकता घोषणा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच अभियान संयोजक घनश्याम भूसाल र चन्द्रदेव जैशी नेतृत्वको न‍ेकपा संयुक्तबीच एकता गर्ने सहमति भएको हो ।

दुवै नेताले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । पार्टी एकताको घोषणा केही दिनभित्रै गरिने सहमतिपत्रमा उल्लेख छ । एकतापश्चात बन्ने पार्टीको नाम नेकपा (संयुक्त)नै रहने छ । पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै चुनाव चिह्न हँसिया हुनेछ ।

पार्टीको झन्डा भने प्रचलित कम्युनिस्ट पार्टीको झन्डामा बौद्धिक श्रमको पनि प्रतिनिधित्व हुने संकेत प्रयोग गर्ने सहमति छ । एकताको दुई महिनाभित्रै राष्ट्रिय सम्मेलन गर्ने सहमति छ ।