प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच छलफल

प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच छलफल



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नेकपा एमालेका नेताहरू बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्री र एमाले नेताहरूबिचको छलफल जारी छ ।

छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी छन् । सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् ।

प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि दलका नेताहरूसँग संवाद थालेकी हुन् । एमालेले संसद पुनर्स्थापनाको मागसहित अदालतदेखि सडक संघर्ष पनि गरिरहेकाे छ ।