काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका छन् । आज काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा एक समारोहबीच विभिन्न दलका एकीकरण पक्षधर नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको एकीकरण पक्षधर, जनजागरण पार्टी नेपाल, नेकपा बहुमतको विद्रोही समूह र नेकपा (माओवादी) को विद्रोही समूहबीच एकता भएको हो ।
एकता घोषणा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, गङ्गालाल तुलाधरलगायत सहभागी थिए ।
एकतामा जोडिएकासहित नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत हुने घटकको सङ्ख्या १६ पुगेको छ ।


प्रतिक्रिया