रास्वपाले सबै पालिकामा र्‍यापिड एक्सन टिम गठन गर्ने

रास्वपाले सबै पालिकामा र्‍यापिड एक्सन टिम गठन गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबै पालिकाहरूमा र्‍यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसका लागि प्रदेश एवं जिल्ला सङ्गठनलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए । त्यस्तै कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय समेत गरिएको छ ।