महाधिवेशनका लागि समय कम भयो : नेता कोइराला

महाधिवेशनका लागि समय कम भयो : नेता कोइराला



चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए ।

कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।”

उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए । यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ ।

जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए ।

महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौँ ।”