पूर्वमन्त्रीसहित एमालेले गर्‍यो २ नेतालाई निलम्बन

पूर्वमन्त्रीसहित एमालेले गर्‍यो २ नेतालाई निलम्बन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले २ नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको थियो ।

कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी सो अवधिका लागि निलम्बन गरेको पत्र पठाएको हो ।

महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन पक्रियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख छ ।

कारबाहीको पत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् ।