काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा परित्याग गरेकी नेता सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टी घोषणासभामा सहभागी भएकी छन् । कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको यो पार्टीको बुधबार घोषणासभा काठमाडाैंमा भइरहेकाे छ ।
समुना कुलमानसँगै मञ्चमा देखिएकी हुन् । रास्वपा परित्याग गरेपछि उनको आगामी राजनीतिक यात्राबारे चासो बढेको थियो ।
उनी पनि संलग्न रहेर पार्टी बनाउने विषयमा यसअघि धेरै चरणमा कुराकानी भएको थियो । तर कुरा मिलेको थिएन । उनी शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रुपमा आउने हुन् खुलिसकेको छैन ।


प्रतिक्रिया