जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको २२औं दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका हुन् ।
विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।
दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिए ।
प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।


प्रतिक्रिया