स्याङ्जा । सिदार्थ राजमार्ग अन्तर्गत स्याङजाको गल्याङ नगरपालिका ३ बरनडाँडा खोलामा भारतीय mh04mn0793 नम्वरको कार दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन भने एक जनाको अबस्था गम्भीर रहेको छ ।
बिहान करिब ५ बजेको समयमा बुटवलबाट पोखरा जाँदै गरेको कार दुर्घटनामा परेको हो। खोलामा पानी लिन गएका स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गल्याङ चौकिवाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा घाइतेहरुको उद्धार गरी थप उपचारको लागि गल्याङ नगर अस्पताल लगिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया