रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै, ‘हाई अलर्ट’ मा सुरक्षा

रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै, ‘हाई अलर्ट’ मा सुरक्षा



नयाँदिल्ली । आज (बिहिबार) रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउँदैछन् । उनी दुई दिवसीय भ्रमणका लागि भारत आउन लागेको बताइएको छ ।

पुटिन बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली आइपुग्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।

पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।