भीम र वेनको अर्धशतकमा पोखराविरुद्ध काठमाण्डूको १६६ रनको लक्ष्य

भीम र वेनको अर्धशतकमा पोखराविरुद्ध काठमाण्डूको १६६ रनको लक्ष्य



काठमाडौं । ओपनर वेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकप्रेरित काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको हो ।

काठमाण्डुका लागि ओपनर वेन चार्ल्सवथले सर्वाधिक ६४ रन बनाए । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र महोम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।

बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए । यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।