काठमाडौं । काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा साहब आलमको ह्याट्रिकमा काठमाण्डूले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकाल्यो ।
यससँगै काठमाण्डूले प्लेअफ यात्रा तय गरेको हो ।
काठमाण्डूअघि सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान बनाएको थियो ।
दोस्रो इनिङको अन्तिम ओभरमा आलमले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई हराएको हो । आलमले कुल ६ विकेट लिए ।
पोखरालाई जितका लागि अन्तिम ओभरमा २० रन चाहिएको थियो । हातमा ४ विकेट थियाे । आलमले ओभरकाे पहिलो तीन बलमा लगातार विकेट लिए । पहिलो बलमै उनले आक्रमक अर्धसतक बनाउँदै खेलमा पोखरालाई कमब्याक गराएका रिऋि धवनको विकेट लिए । साहबको बलमा ठूलो सट खेल्न खोज्दा धवन मिलिन्द कुमारको हातबाट क्याचआउट भएका थिए ।
दोस्रो बलमा विपिन खत्रीलाई स्टम्पिङ गर्न सफल भए । तेस्रो बलमा आकाश चन्दलाई पनि मिलिन्दकै बलमा क्याचआउट गराए ।
अन्तिम तीन बलमा २० रन पोखराका लागि असम्भव बन्यो । चौंथो बलमा सागर ढकालले छक्का प्रहार गरे । अन्तिम बलमा ढकाललाई पनि आलमले आउट गरेर आफ्नो खातामा ६ विकेट पुर्याए ।


प्रतिक्रिया