महाधिवेशनको उद्घाटनमा सल्लाघारीको चौर भरिभराउ हुन्छ : प्रदीप ज्ञवाली

महाधिवेशनको उद्घाटनमा सल्लाघारीको चौर भरिभराउ हुन्छ : प्रदीप ज्ञवाली



भक्तपुर । नेकपा (एमाले) ले यही मंसिर २७ गतेदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी थालेको छ ।

महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बिहीबार निरीक्षण गर्‍यो ।

उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरे ।

उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब २ लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए । उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।

महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन सत्रमा देशभरबाट १ लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।

प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरू कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताए । मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ । पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिए ।