मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दावी नछाडेपछि जुटेन सात दलमा सहमति

मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दावी नछाडेपछि जुटेन सात दलमा सहमति



काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा बसेको सात दलको बैठकमा निष्कर्षविनै टुंगिएको छ ।

कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिए । कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसको पालो भन्दै मुख्यमन्त्री दिनुपर्ने अडान राखेको छ ।

लोसपाले भने जितेन्द्र सोनलको सरकार धेरै दिन नचलेको र अपमानपूर्ण हट्नु परेकोले एक पटक फेरि लोसपालाई अवसर दिनुपर्ने भन्दै मुख्यमन्त्रीको दाबी गरेको छ । अब कांग्रेस र लोसपा बसेर सहमति गरी आजै सात दलको बैठक बस्ने सहमति भएको छ ।

मधेश प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय भोलि बेलुका ५ बजेसम्म रहेको छ ।