काठमाडौंं । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज बेलुकी ५ बजेसम्म रहे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।
नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकारको नेतृत्वमा दाबी नछाडेपछि सहमति कायम हुन नसकेको हो । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।
प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम आज बेलुकी ५ बजेसम्म सरकारका लागि दाबी पेश गर्न समयसीमा निर्धारण गर्नुभएको छ ।
प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अस्ति बुधबार प्रदेशसभा बैठकमा राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको गृहकार्य शुरू भएको हो ।


प्रतिक्रिया