बालुवाटारमा बस्ने सर्वपक्षीय बैठकमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने

बालुवाटारमा बस्ने सर्वपक्षीय बैठकमा कांग्रेसबाट थापा र भुसाल सहभागी हुने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने भएका छन् ।

शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा पार्टीका तर्फबाट महामन्त्री थापा र केन्द्रीय सदस्य भुसाल जाने निश्चित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले निर्वाचन आयोग हेर्ने जिम्मेवारी भुसाललाई दिएको छ । निर्वाचन आयोगसहितको छलफल भएकाले भुसाललाई पठाउन लागिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।