दाङको लमहीमा गोली चल्यो, एकजना घाइते

दाङको लमहीमा गोली चल्यो, एकजना घाइते


ग्लोब नेपाल
270
Shares

काठमाडौं । दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पसल सञ्चालक १६ वर्षीय दीपक सुनार घाइते भएका छन्।

अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ। गोली प्रहार गर्ने व्यक्ति फरार रहेको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।