निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो : अर्थमन्त्री खनाल

निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो : अर्थमन्त्री खनाल



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज)को १६औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारलाई तीनवटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको अर्थमन्त्री खनालले बताए ।

निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताउँदै उनले अनिश्चयले युवालाई थप निराश बनाउने उल्लेख गरे ।

मुलुक अहिले परिवर्तनको संघारमा रहेको तर परिवर्तन भइनसकेको उनको धारणा थियो । जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि नभई भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको बताए ।