देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो

देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो



काठमाडौं । नेकपा एमालेले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ ।

एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर देउवालाई निमन्त्रण दिएका हुन् ।

एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवासमा पुगेका थिए । देउवाले सकेसम्म आउने वचन दिएका छन् ।

भेटघाटका क्रममा समसामयिक राजनीतिक विषयवस्तुमा संक्षिप्त छलफल भएको बुझिएको छ । देउवाले समेत संसद् पुनर्स्थापन अपरिहार्यताबारे जोड दिएका थिए ।