मुख्यमन्त्री यादव र सभापति देउवाबिच भेटवार्ता

मुख्यमन्त्री यादव र सभापति देउवाबिच भेटवार्ता



काठमाडौं । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

देउवा निवास महाराजगन्जमा मंगलबार भएको भेटवार्तामा मधेश प्रदेशको वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

समसामयिक राजनीतिक विषय र मधेश प्रदेश सरकारमा विद्यमान बेथिति अन्त्य गर्दै सुशासन कायम गर्ने र प्रदेशबासीको सिर्जनात्मक सोच बमोजिम कार्य सम्पादन गर्ने बारे सभापति देउवासँग छलफल भएको मुख्यमन्त्री यादवले बताए ।

भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा. आरजु राणा, मधेश प्रदेश सरकारका बिना विभागीय मन्त्री जंगीलाल राय र नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवको सहभागिता रहेको थियो ।