झापा –५ मा ओलीसँग भिड्न कांग्रेसका ६ आकांक्षी तयार

झापा –५ मा ओलीसँग भिड्न कांग्रेसका ६ आकांक्षी तयार



विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका ५ निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

झापा – ५ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित क्षेत्र हो । यहाँबाट ओलीसँग प्रतिस्पर्धा गर्न कांग्रेसका ६ जना आकांक्षी देखिएका छन् ।

कांग्रेसको क्षेत्रीय समितिले झापा ५ का लागि मेदनी सिटौला, अइन्द्र केरुङ, खगेन्द्र पाण्डव अधिकारी, देवी दाहाल, मन्दिरा पौडेल र पदम पौडेलको नाम जिल्लामा सिफारिस गरेको हो ।

झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ ।

झापा ४ बाट भने जिल्ला सभापति देउमान थेबे र प्रदेश सदस्य तथा महासमिति सदस्य उत्तम चौंलागाईको नाम सिफारिस गरिएको छ ।

झापाको निर्वाचन क्षेत्र ३ र २ बाट भने सिफारिस हुन बाँकी छ ।