बुटवल । रुपन्देही–३ मा नेपाली कांग्रेसले प्रत्यक्षमा ६ जना उमेदवार सिफारिस गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा उनीसहित ६ जनाको नाम सिफारिस गरिएको हाे ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका लागि खाँण, क्षेत्रीय सभापति सुशील गुरुङ, रमेश खनाल, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्री सिफारिस भएका छन् ।
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फका लागि जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला)तर्फ सिफारिस भएका छन् ।
राष्ट्रियसभा सदस्य पदका लागि सोमनाथ शर्मा (खस आर्य), मीननाथ शर्मा (अपाङ्ग), भीमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक)तर्फ सिफारिस भएका छन् ।


प्रतिक्रिया