धनगढी । नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ डा. आरजु राणा देउवाको नाम सिफारिस भएको छ ।
यद्यपि, उनलाई सर्वसम्मत उम्मेदवारका रूपमा भने सिफारिस गरिएको छैन । सो क्षेत्रबाट राणासँगै पूर्वजिल्ला सभापति नारायण शाह ‘मनु’, महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारी, निवर्तमान प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृप वड गरी ४ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
यस क्षेत्रबाट समानुपातिकतर्फ डा. जीवन राना, गौरीकुमारी लामा, मन्च देवल, धनगढीकी पूर्वउपमेयर सुशीला मिश्र भट्ट, सुनिताकुमारी राना, पुष्पा भट्ट जोशी, नृप चोखाल, जागृत बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बम लगायत ११ जनाको नाम सिफारिस भएको छ ।
यसैगरी यहाँबाट राष्ट्रिय सभाका लागि रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम उम्मेदवारमा सिफारिस गरिएको छ ।


प्रतिक्रिया