नयाँ क्रियाशील सदस्यता व्यापक रूपमा वितरण गर्न कांग्रेसको परिपत्र

नयाँ क्रियाशील सदस्यता व्यापक रूपमा वितरण गर्न कांग्रेसको परिपत्र



काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न परिपत्र गरेको छ ।

महामन्त्री गगन थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सबै नगरपालिका र गाउँपालिका र सबै वडा कार्यसमितिमा परिपत्र गर्दै नयाँ क्रियाशील सदस्यता सहज ढंगले दिन भनेका हुन् ।

‘नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकोले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ,’ महामन्त्री थापाले मंगलबार पठाएको परिपत्रमा उल्लेख छ ।

महामन्त्री थापा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक पनि छन् ।

नयाँ क्रियाशील सदस्यता फारम सबै क्षेत्रमा पठाइसकिएको पनि परिपत्रमा उल्लेख छ। पुस ११ गतेभित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्न कांग्रेसले आग्रह गरेको हो ।