काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्ने चेतावनी दिएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले संविधान असफल भइसकेको र यही प्रणाली कायम राखेर गरिने निर्वाचनले मुलुकलाई थप संकटमा धकेल्ने जिकिर गरे । उनले यथास्थितिमा निर्वाचन मुलुकको समस्या समाधान गर्ने माध्यम हुनै नसक्ने बताए ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीप्रति लक्षित उनले जनताका बीचमा जान नसक्ने अवस्था भएपछि नामै परिवर्तन गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे । जनतामा जान सक्ने र आशा गरेको पार्टी राप्रपा मात्र भएको उनको भनाइ थियो ।


प्रतिक्रिया