ओलीले आयोगमा बयान दिनुपर्छ : ईश्वर पाेखरेल

ओलीले आयोगमा बयान दिनुपर्छ : ईश्वर पाेखरेल



काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन् ।

आज काठमाडौंमा पत्रकारसँग अन्तरक्रिया गर्दै पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका कारण ओलीले जाँचबुझ आयोगसमक्ष बयान दिनुपर्ने बताएका हुन् । पार्टीको तर्फबाट कतिपय मतभिन्नता भए पनि सरकारले बनाएको आयोगलाई अवज्ञा गर्नाले राम्रो सन्देश नजाउने उनको भनाइ छ ।

आयोगका विषयमा प्रश्न उठ्नु जायज भए पनि बयान दिन जाने कुरालाई अन्यथा लिन नहुने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

अध्यक्ष ओलीले बयान नदिने बताउँदै आउनुभएको र आयोगले पक्राउ गरेर बयान लिने तयारी गरेको खबरहरू सार्वजनिक भइरहेका बेला एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो भनाइ आएको हो ।