कांग्रेस लमजुङबाट ९ जना उम्मेदवार सिफारिस

कांग्रेस लमजुङबाट ९ जना उम्मेदवार सिफारिस



काठमाडौं । नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिवराज रिमालसहित ९ जना नेपाली कांग्रेसबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ लमजुङबाट वृषराज गुरुङ, यमबहादुर गुरुङ, विष्णुप्रसाद धिताल, सुबोधबाबु चिलुवाल, तुलसीनारायण श्रेष्ठ, गमप्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर, शिवराज रिमाल र शैलेन्द्र घिमिरेको नाम सिफारिस भएको हो ।

समानुपातिकतर्फ रामकृष्ण बराल, राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, भिउसिन दमै,सन्तोष न्यौपाने, स्थिरबाबु खाती, सुरेन्द्रप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।

राष्ट्रियसभामा गर्जबहादुर गुरुङ,विष्णुमाया न्यौपाने धिताल, शुभनाथ मिश्रको नाम सिफारिस भएको छ ।